१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

बुटवलमा निजी लगानीमा पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा (फोटो फिचरसहित)



बुटवल । बुटवलमा निजी क्षेत्रको पहलमा निर्माण भएको पाँचतारे होटल ‘हायात प्लेस’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बुटवल-नारायणगढ सडकखण्डको सेन्टर पोइन्ट राजमार्ग चौराहामा अवस्थित यो होटल करिब ३ अर्ब ५० करोड रुपैयाँको लागतमा तयार भएको हो ।

रुपन्देही जिल्लामा सञ्चालनमा आएको यो होटल पाँचौँ पाँचतारे होटल हो भने बुटवलमा पहिलो हो । होटलका अध्यक्ष चुन्नु पौडेलका अनुसार करिब पाँच वर्षअघि सुरु गरिएको निर्माण कार्य आइतबारबाट पूर्णरूपमा सम्पन्न भई होटल सञ्चालनमा आएको हो ।

होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सामुन्ने रहेको छ, जसका कारण सम्मेलनमा सहभागी हुने पाहुनाहरूका लागि रहन-बस्न सहज हुने बताइन्छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यसको दूरी करिब २४ किलोमिटर र नेपाल-भारत सीमासम्म करिब २६ किलोमिटर रहेको छ ।

होटलको क्षेत्रफल करिब एक विगाहा ६ कट्ठा (५ हजार ७४६ वर्गमिटर) मा फैलिएको छ । प्लेस परिसर नजिकै १० हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमता भएको सम्मेलन हल रहेको छ ।

‘हायात प्लेस’मा रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो, व्याङक्वेट र सेमिनार हल, जिमलगायतका सबै आधुनिक सुविधाहरू उपलब्ध छन् । हाल सञ्चालनमा आएका ४ वटा व्याङक्वेट हल र १०९ कोठा आकर्षक डिजाइनका साथ तयार पारिएका छन् । कोठाहरू स्ट्यान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एक्जिक्युटिभ सुइट र प्रेसिडेन्सियल सुइट गरी विभिन्न प्रकारका छन् ।

होटलमा एकैपटक करिब २५० पाहुना बस्न सक्ने क्षमता छ ।

होटलमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडेल र श्रवण बेरिवाललगायतका लगानीकर्ताको संयुक्त लगानी रहेको छ । ग्लोबल आईएमई बैंक र होटल स्याफ्रोन सिटीको वित्तीय सहकार्यमा बनेको यो परियोजनाको व्यवस्थापन जिम्मेवारी विश्वप्रसिद्ध हायात ग्रुपले लिएको हो ।

सञ्चालक भूमिराज पौडेलका अनुसार होटलले बुटवल र आसपासको पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ । उनले भने, “हायात ग्रुपको म्यानेजमेन्टमा यो होटल सञ्चालनमा आउँदा बुटवलको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुग्नेछ । सडक विस्तार र भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि यसले पर्यटन र आर्थिक गतिविधिलाई अझै गति दिनेछ ।”

उनका अनुसार आगामी एक वर्षभित्र क्यासिनो पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

रुपन्देही क्षेत्रमा पछिल्ला वर्षहरूमा विमानस्थल र धार्मिक पर्यटनलाई लक्षित गर्दै ठूला होटलहरू खुल्ने क्रम तीव्र बन्दै गएको छ । यी होटलहरूको मुख्य लक्ष्य भारतीय र आन्तरिक पर्यटकहरू हुन् । बुटवल क्रमशः पश्चिम नेपालको ‘होटल हब’को रूपमा विकसित हुँदै गएको देखिन्छ ।

फोटो फिचर

 

 

 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ३८ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल