काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्दै आएका भीम रावल अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीले यही कात्तिक २६ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा रावललाई पार्टीमा भित्र्याउने औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा रावललाई औपचारिक रूपमा स्वागत गरिने भएको छ ।
रावललाई पार्टीमा भित्र्याउने तयारी स्वरूप आइतबार प्रचण्ड र माधव नेपाल निकट नेताहरूले उनलाई भेटघाट गरेका थिए ।
समायोजन पश्चात रावल पार्टीमा छैटौँ वरीयतामा रहने सहमति भएको बताइएको छ । पार्टीको नेतृत्व क्रममा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछि भीम रावलको स्थान रहनेछ ।



















प्रतिक्रिया