१० भदौ २०८३, बुधबार | August 26, 2026

मधेश प्रदेशमा सभामुख र उपसभामुखको जुहारी

महाअभियोग आएपछि सभामुखको एक्सन, उपसभामुखले गरिदिईन् बदर



जनकपुर । आफु विरुद्ध महाअभियोग दर्ता भइसकेपछि प्रदेश केही प्रदेश सांसदहरुको पदरिक्तको सूचना जारी गर्ने विवादीत मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको निर्णय विवादमा परेको छ । महाअभियोग दर्ता भएपछि प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने विवादीत सभामुख मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएसँगै मण्डलको निर्णय विवादीत बनेको हो ।

आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त भएको सूचना जारी गरेका थिए।

लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए।

अविश्वासको प्रस्ताव सहित महाअभियोगको प्रस्ताव दर्ता भएपछि मधेसका सभामुखले गरेको प्रदेश सभाका ५ सांसद पदमुक्तको निर्णयलाई सूचना सार्वजनिक भए लगतै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै बदर भएको सूचना जारी गरेकी थिइन् ।

राउतले सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर हुने दाबी गरेकी छन्।

सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ५२ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी