३१ भदौ २०८३, बुधबार | September 16, 2026

भोजपुर-काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज



भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।

यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । अकास्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका-१२ का स्थानीय पर्शुराम कार्कीले बताए ।

उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौंका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

निगमले काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।

प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।

भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौं, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ०८ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०