
काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको बैठक पेरिसडाँडामा बसिरहेको छ ।
साविक माओवादीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको भावी कार्यक्रम तय गर्ने विषयमा छलफल भैरहेको छ ।
बैठकमा सबै पार्टीबाट काठमाडौंमा तत्काल उपलब्ध पूर्व पदाधिकारीहरू र प्रदेशका उपलब्ध पदाधिकारीहरू सहभागी छन् ।
बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने बारे, स्थान र समय तय गर्नेबारे पनि छलफल भैरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।


















प्रतिक्रिया