२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

विद्यार्थी आन्दोलन दबाउन आदेश दिएको आरोप खेपेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना दोषी ठहर



काठमाडौं । बंगलादेशको एक अदालतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहमाथि हसिना नेतृत्वको सरकारले गरेको घातक दमनकारी कारबाहीका बारेमा परेको मुद्दा किनारा लगाउँदै अदालतले हसिनालाई दोषी ठहर गरेको समाचारहरुमा जनाइएको छ । आन्दोलनलाई दमन गर्न हसिनाले आदेश दिएको आरोपमा चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

हसिनासहित तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मानुनलाई प्रतिवादी बनाइएको मुद्दाको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले फैसला सुनाएको हो ।

सोमबार न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।

इजलासले तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षक मिलेर प्रदर्शनकारीविरुद्ध कारबाहीको आदेश दिएको ठहर गरेको छ ।

प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ ।

हसिनाको फैसलालाई लिएर देशभर हिंसा फैलन सक्ने आँकलन गर्दै सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। ढाकामा मात्र १५ हजार प्रहरी परिचालन गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले खबर छापेका छन् । उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  २ : ५६ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको