२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त गर्ने कार्य रोक्न आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई उनीहरूलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश दिएको हो।

कात्तिक २७ गते सभामुख मण्डलले प्रदेशसभा बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित रहेको आरोपमा जनता समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका एक गरी पाँच सांसद -उर्मिला सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन कलवार र सारदा शंकर कलवार – लाई पदमुक्त गरेका थिए।

तर हाजिरी विवरण उपलब्ध गराउन सभामुखको कार्यालयमा निवेदन दिएको भए पनि कुनै आधारबिना आफूहरूलाई पदमुक्त गरिएको भन्दै ती सांसदहरू सर्वोच्च अदालत पुगेका थिए।

उनीहरूको दाबी र प्रस्तुत प्रमाणको प्रारम्भिक अध्ययनपछि सर्वोच्चले पदमुक्त गर्ने निर्णय अमलमा नआउनेगरी अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : ३७ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ