६ श्रावण २०८३, बुधबार | July 22, 2026

आशिफको अर्धशतकमा काठमाडौंलाई जनकपुरले दियो १३१ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजविरुद्ध १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको हो ।

जनकपुरको इनिङ्समा ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५४ रन जोडे । उनका साथै मयन यादव र लाहिरु समरकुनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन योगदान दिए । मयनले २९ बलमा ३४ रन बनाए भने समरकुनले २१ बलमा २२ रन जोडे ।

तर अन्य शीर्षक्रमका ब्याटरले निराशाजनक प्रदर्शन गरे । ओपनर लाहिरू मिलन्था १२ बलमा ७ रन जोडेर आउट भए । कप्तान अनिल शाह खाता नखोली पवेलियन फर्किए । त्यस्तै, जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्तिले समान २-२ रन मात्र बनाए। यी चार महत्वपूर्ण ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।

काठमाडौंका तर्फबाट मिलिन्दा कुमारले उत्कृष्ट बलिङ गर्दै लाहिरू र अनिललाई चाँडै पवेलियन फर्काएका थिए । पहिलो विकेटको रुपमा लाहिरू ४.३ ओभरमा आउट भए भने अनिल ४.५ ओभरमै दोस्रो विकेटका रुपमा आउट भए ।

जनकपुरको मध्यक्रम धरासायी हुने अवस्थामा मयन यादव र समरकुनले इनिङ्स सम्हाले । अन्तिमतिर केही हदसम्म रन जोड्न सफल भएपछि टोलीले १३१ रनको लक्ष्य प्रस्तुत गर्न सक्यो ।

अब काठमाडौं गुर्खाजलाई १३१ रन पार गर्दै उद्घाटन खेलमा विजयी हुने चुनौती छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ५८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क