१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान



नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले आज राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपालगन्ज कार्यालय मार्फत सबैभन्दा बढी कर तिर्ने वेष्टर्न हस्पिटल प्रालिलाई सम्मान गरिएको हो ।

कर दिवसको अवसरमा आयोजित कार्यक्रमका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले अस्पतालका संस्थापक संचालक डा विनोन कुमार थापालाई दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको पनि उल्लेख गरे ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख न्यौपानेले प्रत्येक वर्ष कर उठ्ने क्रम क्रमशः वृद्धि भइरहेको उल्लेख गर्दै प्रविधिको उच्चतम प्रयोग गर्दै करदातालाई सहज वातावरण प्रदान गर्न राजश्व प्रशासन पतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराई, उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्ज नेपालगन्जलाई बाँके र बर्दिया जिल्ला हेर्ने गरि को कार्य क्षेत्र तोकिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ५५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी