काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाका नयाँ सचिवका रूपमा तुलबहादुर कँडेललाई नियुक्त गरेका छन्।
काभ्रेपलाञ्चोकका कँडेललाई मंगलबार पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रियसभाका अध्यक्षको सिफारिसपछि नेपालको संविधानको धारा १०६ को उपधारा ९१० अनुसार कँडेलको नियुक्ति गरिएको कार्यालयले स्पष्ट गरेको छ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार कँडेलको पदस्थापन आजैदेखि प्रभावकारी हुने उल्लेख छ।


















प्रतिक्रिया