काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
खेल दिउँसो ४ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि, प्रतियोगिताको पहिलो संस्करणमा यी दुई टिमले प्रतिस्पर्धा गर्दा विराटनगरले पोखरालाई सुपर ओभरमा पराजित गरेको थियो ।
पहिलो संस्करणमा दुवै टिम सफल हुन नसकेर लिग चरणमै बाहिरिएका थिए । विराटनगर पाँचौँ र पोखरा सातौँ स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेका थिए। दोस्रो संस्करणमा दुवै टिमले राम्रो सुरुवात गर्ने लक्ष्य बनाएका छन् ।


















प्रतिक्रिया