१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाली कम्युनिष्ट पार्टी र जसपाका शीर्ष नेताबीच आज एकता वार्ता



काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताको प्रयास तीव्र बन्दै गएको छ।

आज दुवै दलका शीर्ष नेताहरूबीच वार्ता हुन लागेको छ । यसअघि बुधबार दुवै दलका वार्ता टोली सदस्यहरुबीच छलफल भएको थियो । बुधबारको बैठक सकारात्मक भएका कारण सहमतिको खोजीमा बिहीबार शिर्ष नेताहरुको बैठक बोलाइएको हो । बैठक पेरिसडाँडामा बस्नेछ ।

प्रचण्डको नेतृत्वमा विभिन्न वामपन्थी घटकहरुलाई समेट्दै नेपाली कम्युनिष्ट पार्टी बनाइएपछि राई नेतृत्वको जसपा पनि एकता वार्ता प्रक्रियामा अघि बढेको थियो ।

बुधबारको वार्तामा नेकपातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, शक्ति बस्नेत, गिरिराजमणि पोख्रेल, प्रमेश हमाल र प्रकाश ज्वाला सहभागी थिए। त्यसैगरी जसपाबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी भएका थिए । जसपाभित्र भने नेपाली कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने विषयमा दुई धार रहँदै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ९ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले