काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका क्लबका पदाधिकारी तथा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बाहिर प्रदर्शन गरेका छन्।
एन्फासँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, लिगको वार्षिक चक्र (वन–इयर साइकल) पूरा गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सको प्रावधान लागू गर्नुपर्ने जस्ता मागसहित क्लब प्रतिनिधिहरूले एन्फा गेट अगाडि आज धर्ना दिएका हुन्।
उनीहरूले लिगका सबै प्रतियोगिताहरू समयमै आयोजना गर्नुपर्ने र ‘ए’ डिभिजन क्लबहरूसँग एन्फाले गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग दोहोर्याएका छन्।
यस्तै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग सञ्चालन गर्नुपर्ने माग राख्दै उनीहरूले केही महीनादेखि निरन्तर रूपमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।


















प्रतिक्रिया