१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित, मंसिर ६ गते सारियो



काठमाडौं । महाधिवेशनको मितिका विषयमा नेताहरुबीच कुरा नमिलेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि एकपटक स्थगित गरिएको छ।

बिहीबार (आज) दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गर्दै पार्टीले नयाँ मिति तय गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक आउँदो शनिबार .मंसिर ६) दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै सात प्रदेश सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

कांग्रेस बैठक पटक–पटक स्थगित हुँदै आएको छ। एक महिनाभन्दा बढी समयदेखि निरन्तर चलिरहेको केन्द्रीय समितिको बैठक संस्थापन पक्ष र इतर पक्षबीच महाधिवेशनको विषयमा निष्कर्षमा नपुग्दा फेरि स्थगित भएको हो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ११ : ४७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा