२३ असार २०८३, मंगलबार | July 8, 2026

सिमरा तनावबारे प्रचण्डको अपिल – ‘हिंसा रोक्न सबै पक्ष संयमित बनौँ’



काठमाडौं । बाराको सिमरा क्षेत्रमा हिजोदेखि बढ्दै गएको तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अवस्था थप बिग्रन नदिन सबैलाई उच्च संयमता अपनाउन अपिल गरेका छन्।

प्रचण्डले लोकतन्त्रमा राजनीतिक विचार-मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसा, उक्साहट वा अराजक रूप दिनु लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरेका छन्। उनले राजनीतिक तथा अभिव्यक्ति-स्वतन्त्रताप्रतिको सम्मान सुनिश्चित गर्दै दलका नेता–कार्यकर्ताले निर्वाधरूपमा हिँडडुल गर्न, सभा–समारोह गर्न सक्ने वातावरण निर्माण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सिमरामा प्रदर्शन चर्किएपछि कर्फ्यू लागू भएको र स्थिति संवेदनशील बन्दै गएको पृष्ठभूमिमा प्रचण्डले आसन्न निर्वाचनमाथि कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भनी सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले स्थानीय पार्टी समितिहरूलाई क्षेत्रमा शान्त वातावरण कायम गर्न सहयोगात्मक भूमिका खेल्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ४ : ०५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको