२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले महाधिवेशनमा प्रतिनिधि छनौटको सहजीकरण गर्न जिम्मेवारी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी ११आँै राष्ट्रिय महाधिवेशनका लागि समग्र प्रतिनिधि छनौटमा समन्वय र सहजीकण गर्नका लागि १७ नेतालाई जिम्मेवारी तोकेको छ ।

विभिन्न जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय कमिटीमा प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न सङ्गठन विभागका सदस्यसमेत रहेका नेतालाई समन्वयकर्ताको जिम्मेवारी तोकिएको पार्टीका केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार १७ नेताहरुले महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा आउन सक्ने अस्पष्टतालाई स्पष्ट पार्ने र छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने छन् । ती नेताहरुलाई जिल्ला, जनसङ्गठन, विभाग, सम्र्पक समन्वय, प्रवास लगायतका क्षेत्र तोकि प्रतिनिधि छनौटमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी तोएको विभागका सचिव ढुङ्गेलले जानकारी दिए ।

सङ्गठन विभागका सदस्यहरु भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, सुमनराज प्याकुरेल, ज्वाला साह, आनन्द पोखरेल, गणेश पहाडी, सुजिता शाक्य, सम्झना देवकोटा, गोविन्द नेपाली, लीला गिरी, जीवन गौतमलाई समन्वय र सहजीकरणका लागि तोकिएको छ । लक्ष्मी पोखरेल, लालबहादुर थापा, लीला भण्डारी, माधव ढुङ्गेल र काशीनाथ अधिकारीलाई प्रतिनिधि छनौटमा देखिएका समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ ।

आगामी चैतसम्म नवीकरण गरेकाले मात्र प्रतिनिधि बन्न पाउने सङ्गठन विभागका सचिव ढुङ्गेलले बताए । आगामी चैतसम्म नवीकरण गरेका पार्टी सदस्यले मात्र महाधिवेशनका लागि प्रतिनिधि छनौटमा भाग लिन पाउने जानकारी दिए। सो अवधिसम्म करिब छ लाख ६७ हजार पार्टी सदस्यता रहेका छन् ।

त्यस्तै पार्टीले भूगोल, दलित र मजदुर क्षेत्रका लागि तोकिएका निर्वाचन क्षेत्रमा भाग लिन पाउने सदस्यहरूको सूची मङ्सिर ७ गतेभित्र यकिन गर्नुपर्ने उल्लेख गरेको छ । भूगोलअन्तर्गतका निर्वाचन क्षेत्रमा केन्द्रीय जनसङ्गठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यले मङ्सिर ६ गतेभित्र आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्ने जानकारी जिल्लालाई लिखित रूपमा दिनुपर्ने विभाग सचिव ढुङ्गेलले जानकारी दिए ।

पार्टीले यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ । युवा प्रतिनिधि बन्न यही मङ्सिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ । एमालेको आगामी महाधिवेशनका लागि मङ्सिर १३ गते एकैदिन प्रतिनिधि छनौट गर्ने कार्यतालिका छ । एमाले महाधिवेशन यहि मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १० : ०० बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा