१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

महेश बस्नेतको चेतावनी – जेनजीका नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध

बबरमहलमा एमाले युवाको मार्चपास



काठमाडौं ।  नेकपा (एमाले) निकट नेशनल भोलिन्टियर्स फोर्सले शुक्रबार काठमाडौंको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा फोर्सको केन्द्रीय कमाण्ड घोषणा अघि युवा समूहले गरेको यो प्रदर्शनलाई नेता महेश बस्नेतले नेतृत्व गरेका छन् ।

मार्चपासका क्रममा बोल्दै बस्नेतले ‘जेनजी’ को नाममा भएको गतिविधिमा कुनै पनि प्रकारको अवरोध आए प्रतिरोध गर्न तयार रहने चेतावनी दिए ।

‘जेनजीका नाममा जहाँ अवरोध, त्यहीं प्रतिरोध,’ बस्नेतले भने, ‘जेनजीहरूसँग हामी निरन्तर सम्पर्कमा छौँ। तर उनीहरूको नाम र ब्यानर प्रयोग गरेर विभिन्न तत्वहरू सक्रिय भएको देखिन्छ।’

उनले वास्तविक जेनजी पुस्ताका माग पूरा गर्ने शक्ति एमाले नै भएको दाबी समेत गरे । जेनजी आन्दोलनका क्रममा घाइते तथा शहीद बनेकाहरूलाई न्याय दिलाउन प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको उनले जिकिर गरे ।

बस्नेतका अनुसार फोर्सलाई वडा, पालिका र टोल तहसम्म विस्तार गर्ने योजना छ । राष्ट्रिय सम्पत्तिमाथि आगजनी वा तोडफोडजस्ता गतिविधि दोहोरिन नदिन फोर्स पेशागत संघ–संस्थासँग पनि सहकार्यमा जाने उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले