२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली-लुम्बिनी र काठमाडौं-विराटनगर भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्सबीच हुने तालिका छ ।

शनिबारको पहिलो खेल कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनीका कप्तान तथा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलबीचको प्रतिस्पर्धा हुनेछ । चितवन राइनोजसँग चार विकेटले पराजित भएको कर्णाली पहिलो जितका लागि मैदान उत्रिँदैछ । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएर उच्च मनोबलमा रहेको लुम्बिनी लगातार दोस्रो जितको खोजीमा रहनेछ ।

दोस्रो खेल पनि उत्तिकै रोचक छ । राष्ट्रिय टिमका फास्ट बलर करण केसी र लेग स्पिनर सन्दीप लामिछाने आमनेसामने हुँदैछन् । करण काठमाडौं गुर्खाजको कप्तानीमा छन् भने सन्दीप विराटनगर किङ्सका कप्तान हुन् ।

काठमाडौंले दुई खेल खेल्दा एक जित र एक हारसहित दुई अंक जोडेको छ । जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।

विराटनगरले भने एक खेल खेलेरै दुई अंक जोडेको छ । पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो। आजको खेलमा काठमाडौं पुनरागमन खोज्दै छ भने विराटनगर लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : २९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा