१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुनका गहना चोरी गर्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीले मध्यबानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फार्न प्रयोग हुने विभिन्न सामान र चोरीका सामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी, सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ ।

यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए ।

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ३८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा