१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सुदन गुरुङ बिना अनुमति आफ्नो घरमा प्रवेश गरेर कर्मचारी कामदारलाई धम्क्याए : किसान श्रेष्ठ



काठमाडौं । नेकपा (एमाले)का नेता तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफ्नो घरमा जेनजीका ‘स्वघोषित’ अगुवा सुदन गुरुङले अनधिकृत प्रवेश गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

पार्टी कामको क्रममा काठमाडौं रहेको बेला मंसिर ६ गते सिमरा-जितपुर उपमहानगरपालिका–४ औराहास्थित आफ्नो निजी घरमा सुदन गुरुङ नामक व्यक्तिले ‘जेन जीको नेता’ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा प्रवेश गरेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा गुरुङले २४ गते आगजनीपछि पुनर्निर्माण भइरहेको घरमा कार्यरत कर्मचारी तथा कामदारलाई धम्क्याउँदै “फेरि जलाउँछु” भन्ने धम्की दिएको र “तेरो नेता केही पनि हुन सक्छ” भन्दै भय सिर्जना गरेको आरोप लगाइएको छ।

गुरुङ श्रेष्ठको घरमा गएको बारे कुनै पूर्व जानकारी नभएको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले स्पष्ट पारेका छन् । कानूनअनुसार कुनै पनि व्यक्तिले अरूको निजी घर वा सम्पत्तिमा प्रवेश गर्न पूर्वस्वीकृति आवश्यक हुन्छ। गुरुङको क्रियाकलाप पूर्ण रूपमा गैरकानुनी भएको श्रेष्ठको भनाइ छ।

श्रेष्ठले जेनजी नाम प्रयोग गर्दै फैलाइएको “आतंक” तत्काल रोक्न र शान्ति-सुरक्षाको प्रत्याभूति प्रदान गर्न नेपाल सरकार तथा स्थानीय सरकारसँग अनुरोधसमेत गरेका छन्।

श्रेष्ठले मंसिर ३ र ४ गते सिमरामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् ।

बुधबार एमाले र जेनजी युवाका बीचमा भएको झडपपछि अशान्त बनेको सिमरा क्षेत्र विस्तारै शान्त बन्दै गैरहेको अवस्थामा यो घटनाले थप भय सिर्जना हुनसक्ने भन्दै स्थानीय सर्वसाधरण भने चिन्तित बनेका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ३२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले