२८ माघ २०८२, बुधबार | February 12, 2026

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो



काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक करोड ९० लाख ५ हजार ३२४ जना मतदाताले मतदान गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता रहेकोमा यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ मतदाताले मतदान गर्ने भएका हुन् ।

थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् । थपिएका मतदाता जेनजी आन्दोलनको पृष्ठभूमिमा नाम दर्तामा आएका हुन् । गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख, ६८ हजार २३० जना मतदाता रहेकोमा त्यसयता ८ लाख ३७ हजार ९४ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

जेनजी आन्दोलनकारीहरुले धेरै जेनजी मतदाता छुटेको भन्दै मतदाता संकलन खोल्न माग राखेपछि सरकारले अध्यादेश ल्याएर ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक खुल्ला गरेको थियो । अध्यादेश आएपछि ८ लाख बढी मतदाता थपिएका छन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ छन् । अन्य ६१ रहेका छन् ।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।

दोहोरो परेको, मृत्यु भइसकेको र अन्य कारणले नाम हटाउन बाँकी भए उजुरी लिएर छानबिन गर्ने समय बाँकी रहेका कारण अझै मतदाताको संकलित विवरणमा सामान्य हेरफेर हुन सक्ने आयोगको भनाई छ ।

देशभरबाट संकलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिन्छ । प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन हुनेछ र पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशन हुँदा संख्यामा सामान्य हेरफेर मात्रै हुन सक्ने आयोगले जनाएको छ । बायोमेट्रिक विवरणसहित नामावली संकलन भएकाले धेरै त्रुटि नभएको आयोगको विश्वास छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ०० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी