२० मंसिर २०८२, शनिबार | December 7, 2025

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो



काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एक करोड ९० लाख ५ हजार ३२४ जना मतदाताले मतदान गर्ने भएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता रहेकोमा यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ मतदाताले मतदान गर्ने भएका हुन् ।

थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् । थपिएका मतदाता जेनजी आन्दोलनको पृष्ठभूमिमा नाम दर्तामा आएका हुन् । गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख, ६८ हजार २३० जना मतदाता रहेकोमा त्यसयता ८ लाख ३७ हजार ९४ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

जेनजी आन्दोलनकारीहरुले धेरै जेनजी मतदाता छुटेको भन्दै मतदाता संकलन खोल्न माग राखेपछि सरकारले अध्यादेश ल्याएर ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक खुल्ला गरेको थियो । अध्यादेश आएपछि ८ लाख बढी मतदाता थपिएका छन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ छन् । अन्य ६१ रहेका छन् ।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।

दोहोरो परेको, मृत्यु भइसकेको र अन्य कारणले नाम हटाउन बाँकी भए उजुरी लिएर छानबिन गर्ने समय बाँकी रहेका कारण अझै मतदाताको संकलित विवरणमा सामान्य हेरफेर हुन सक्ने आयोगको भनाई छ ।

देशभरबाट संकलित मतदातामध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

निर्वाचन आयोगकै वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिन्छ । प्राप्त गुनासा, उजुरी वा सूचनाबारे सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन हुनेछ र पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

अन्तिम नामावली प्रकाशन हुँदा संख्यामा सामान्य हेरफेर मात्रै हुन सक्ने आयोगले जनाएको छ । बायोमेट्रिक विवरणसहित नामावली संकलन भएकाले धेरै त्रुटि नभएको आयोगको विश्वास छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ०० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल