१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नेत्रहीन महिला टी-२० विश्वकपको उपाधिका लागी आज नेपाल र भारत भिड्दै



काठमाडौं । नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गरिरहेको प्रतियोगिताको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धामा उत्रिँदैछन् ।

फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाउँदै १७० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १७ ओभरमै तीन विकेट गुमाएर १७१ रन जोड्दै रोमाञ्चक जित हात पारेको थियो ।

त्यसअघि, भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले सहजै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमै ११२ रन बनाउँदै भेट्टाएको थियो ।

पहिलो पटक आयोजना गरिएको नेत्रहीन महिला विश्वकप क्रिकेट भारत र श्रीलंका दुवैले संयुक्त रूपमा गरिरहेका छन् । आजको फाइनलमा नेपाल पहिलो ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : १३ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण