काठमाडौं । नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गरिरहेको प्रतियोगिताको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धामा उत्रिँदैछन् ।
फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
दोस्रो सेमिफाइनलमा पाकिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १६९ रन बनाउँदै १७० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १७ ओभरमै तीन विकेट गुमाएर १७१ रन जोड्दै रोमाञ्चक जित हात पारेको थियो ।
त्यसअघि, भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले सहजै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमै ११२ रन बनाउँदै भेट्टाएको थियो ।
पहिलो पटक आयोजना गरिएको नेत्रहीन महिला विश्वकप क्रिकेट भारत र श्रीलंका दुवैले संयुक्त रूपमा गरिरहेका छन् । आजको फाइनलमा नेपाल पहिलो ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।


















प्रतिक्रिया