खजुरा । विगत ८ वर्षदेखि कन्तबिजोग अवस्थामा रहेको बाँकेको खजुरा खडक र बर्दियाको गुलरिया सडक खण्डको स्तर उन्नती गरिने भएको छ । हुलाकी सडक निर्देशनालयको नेपालगन्ज योजना कार्यालयले खजुरा खण्डको २ किलोमिटर र गुलरिया खण्डको २ दशमलव २३४ मिटर सडक स्तरउन्नतीका लागि ठेक्का खुल्ला गरेसँगै सडक बन्ने सुनिश्चित भएको हो ।
४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बिचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ८ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नतीको ठेक्का खुलेसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने अपेक्षा गरिएको छ ।
सो सडकको २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको कम्पनीको चरम लापरवाहीका बाबजुद सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि योजना सम्पन्न नगर्ने र गरेका काम पनि गुणस्तरहिन भएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । स्थानीयको लगातारको बिरोध र ठेकेदारको लापरवाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।
यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी सडक परियोजनाले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै सडक स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।
दाँयाबायाँ गुणस्तरिय सडक बनिसक्दा बिचभागमा सडकको अवस्था नराम्रो भएकोमा त्यसले पूर्णता पाएको हुलाकी सडकको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनले वषौंदेखि अधुरो रहेको सडकको स्तरउन्नती गर्न ठेक्काको सूचना प्रकाशित गरिएको जानकारी दिए ।
सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि धमाधम भईरहेको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल र्मिाणलाई तिब्रता दिइएको योजना प्रमुख भण्डारीले बताए ।




















प्रतिक्रिया