१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शिक्षक महासंघद्वारा ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न माग



काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारले गरेको ९ बुँदे सहमति लागू गर्न तथा २०८१ जेठमा सार्वजनिक गरिएको सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ।

महासंघको प्रतिनिधि टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गर्दै आफ्ना मागहरू औपचारिक रूपमा राखेको हो। सरुवा निर्देशिका व्यवहारिक नदेखिएको र शिक्षकहरूको हितविपरीत रहेको भन्दै तत्काल खारेज गर्न आग्रह गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन्। गत चैत–वैशाखमा काठमाडौंमा भएको आन्दोलनपछि प्राप्त ९ बुँदे सहमति अझै कार्यान्वयन नभएकामा शिक्षकहरू असन्तुष्ट छन् ।

सुवेदीका अनुसार, “सरुवा निर्देशिका खारेज, ९ बुँदे सहमति कार्यान्वयनका लागि आवश्यक पत्राचार, र स्थानीय भत्ता उपलब्धतासहितका विषयमा शिक्षामन्त्रीलाई छिटो समाधान निकाल्न अनुरोध गरिएको छ।”

शिक्षकहरूले सहमतिअनुसार असार महिनामै शिक्षा ऐन जारी हुनुपर्ने भए पनि प्रक्रिया अघि नबढेको आरोप लगाउँदै सरकारले सहमति पालनामा गम्भीर नदेखिएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले