१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

प्रहरी आईजीपीसँग बुटवलका व्यवसायीले मागे व्यवसायिक सुरक्षा



बुटवल । लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यवसायिक सुरक्षाका विषयमा छलफल भएको छ ।

मंगलबार बुटवलमा भएको छलफलमा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्यौलमा परेको जानकारी गराएका छन् । उनले यस्ता गतिविधिमा संलग्नलाई चाँडो पहिचान गरी कानुनी कारवाही गर्न र भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गरे ।

अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताए । उनले भने–‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता संकटमा पर्न सक्छ ।’

छलफलमा आईजीपी कार्कीले उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे । भारत र चीन जस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै उनले नेपालमा पनि निजी क्षेत्र र सरकारबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राखे ।

आईजीपी कार्कीले नेपाल प्रहरी सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै भने–’चन्दा उठाउने, चोरी–डकैती गर्ने र उच्छृङ्खल गतिविधि देखाउनेलाई कानुनी दायरामा ल्याइन्छ । उद्योगी–व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ ।’

छलफलमा संघका पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, यस क्षेत्रका प्रहरी अधिकारीहरुको उपस्थिती रहेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ४९ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल