९ असार २०८३, मंगलबार | June 23, 2026

चुच्चे नक्शा समेटिएको १०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि १०० रुपैयाँ अंकित दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोट साबिककै आकार र रङमा उपलब्ध हुनेछ।

राष्ट्र बैंकका अनुसार संकेत नम्बर क/२० ०००००१ देखि घ/४० ९९९९९९ सम्मका नोट क्रमशः चलनचल्तीमा ल्याइनेछन्।

नयाँ नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँ भागमा लालीगुराँसको पानी छाप, र मध्यभागमा नेपालको चुच्चे नक्सा समावेश गरिएको छ। नोटमा अशोकस्तम्भको चित्र पनि राखिएको छ र अंग्रेजीमा बुद्ध नेपालमा जन्मिएको जनाइएको छ । जसको वरिपरि सुरक्षा सम्बन्धी सूक्ष्म मुद्रण गरिएको छ।

दृष्टिविहीन व्यक्तिहरूले छामेर पहिचान गर्न सक्ने कालो थोप्ला बायाँतर्फ राखिएको छ। त्यसैगरी, अण्डाकार फ्रेमभित्र मायादेवीको सिल्भर मेटालिक चित्र समावेश गरिएको छ।

नोटमा राखिएको सुरक्षा धागो २ मिमि चौडा छ, जसलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ भने तल्लो बोर्डरमा नेपालीमा “विसं २०८१” अंकित गरिएको छ।

माथिल्लो भागमा अंग्रेजीमार्फत नोटको प्रामाणिकता सूचित गर्ने सुरक्षा अक्षरहरू राखिएका छन्। नोटको मध्यभागमा एकसिङे गैँडाको माउ र बच्चाको चित्र थपिएको छ, जसलाई यस संस्करण नोटको प्रमुख आकर्षणको रूपमा हेरिएको छ।

राष्ट्र बैंकका अनुसार, ती सबै विशेषता सहितका १०० रुपैयाँका नयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा उपलब्ध गराइनेछन्।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १० : ३१ बजे

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३

विष्णु पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज