१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी लायन्सको मध्यम सुरुआत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनर सुमित महर्जनले १६ रन जोडेका छन् । कप्तान रोहितकुमार पौडेलले १४ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, पभेलियन फर्किएका ओपनर डीे’एर्सी शर्टले १८ रनको योगदान गरे ।

सुदूरपश्चिमका हमेन्त धामीले एक विकेट लिए । उनले सर्टको विकेट लिएका हुन् । सुदूरपश्चिम हालसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थानमा छ ।

सुदूरपश्चिमले यसअघि काठमाण्डू गोर्खाजविरुद्ध २९ रन, पोखरा एभेन्जर्सविरुद्ध १८ रन र कर्णली याकक्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेट र तेस्रोमा काठमाण्डू गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा