१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुआत



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पोखराले पावर प्लेका ६ ओभरमै कुनै विकेट नखोसी ४५ रनको बलियो आधार तयार गरेको हो ।

पोखराका ओपनर दिनेश खरेल २७ रनमा तथा उनका साथी एडम रोसिङ्टन १८ रनमा क्रिजमा उभिइरहेका छन् । दुवै खेलाडीले संयमित तर आक्रमक ब्याटिङ गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका छन् ।

दुवै टिमका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ, किनकि जनकपुर र पोखरा दुबै टोलीले यसअघि सिजनका खेलहरूमा एकपटक पनि जित निकाल्न सकेका छैनन् ।

जनकपुर बोल्ट्सले पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग ५ विकेटले तथा दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजय बेहोरेको थियो । उता पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले हार व्यहोरेको थियो ।

आफ्ना अघिल्ला हारलाई भुलेर दुवै टिम आज पहिलो जितका लागि संघर्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा