१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पन्चालको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य



काठमाडौं । ओपनर प्रियांक पन्चालको अर्धशतकले प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १६१ रनको चुनौती प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन जोड्यो ।

कर्णालीका ओपनर पन्चालले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६३ रन बनाए। यो प्रतियोगितामा उनको दोस्रो अर्धशतक हो। यसअघि उनले चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।

२३–१ को अवस्थामा क्रिजमा उत्रिएका पन्चाल र विलियम बोसिस्टोसले दोस्रो विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै कर्णालीको पारी सम्हाले । बोसिस्टोस ४८ बलमा ४८ रनसहित अविजित रहे ।

अघिल्लो खेलमा प्रतियोगिताको पहिलो शतक प्रहार गरेका मार्क वाट आज भने ६ रनमै पेभेलियन फर्किए । गुल्सन झाले १० बलमा दुई चौका र एक छक्कासहित २० रनको द्रुत पारी खेले ।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले हराउँदा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।

विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले पहिलो तीन खेलमा पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै उत्कृष्ट यात्रा बनाएको थियो । तर चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रा रोकिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १४ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र