१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्तिम ओभरमै बसिरको छक्काले विराटनगर किंग्सको रोमाञ्चक जित, कर्णाली याक्स पराजित



काठमाडौं । अन्तिम पाँच ओभरमा आक्रामक ६९ रन प्रहार गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९।५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो।

रोमाञ्चक बनेको खेलमा विराटनगरलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो। कर्णालीका नन्दन यादवले बलिङ थालेका ओभरको पहिलो तीन बलमै बसिर अहमेद र कप्तान सन्दीप लामिछानेले पाँच रन जोड्दै दवाव कम गरे। चौथो बलमा एक रन थपिएको थियो। पाँचौँ बलमा स्ट्राइकमा रहेका बसिरले छक्का प्रहार गर्दै विराटनगरलाई नाटकीय जित दिलाए र टिमको प्लेअफ सम्भावना बलियो बनाए।

विराटनगरका तर्फबाट बसिर अहमेदले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६२ रनको पारी खेले। ४३ बलमा तीन चौका र तीन छक्कासहित उनले मध्यक्रम सम्हाल्दै टीमलाई जितसम्म पुर्‍याए। बसिर र नारायण जोशीबीच छैटौँ विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी भयो। नारायणले १६ बलमा २५ रन जोडे।

१५औँ ओभरसम्म ९४–५ को कठिन स्थितिमा रहेको विराटनगरले १६औँ ओभरपछि आक्रमक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा तान्यो। साहिल पटेलले १९ रन र साम हेजलेटले १६ रन जोडे।

कर्णालीका सोमपाल कामी र गुल्सन झाले समान दुई–दुई विकेट लिए भने पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा तीन विकेट गुमाएर १६० रन बनाएको थियो। ओपनर प्रियांक पन्चालले ४७ बलमा ६ चौका र दुई छक्कासहित ६३ रन प्रहार गर्दै टिमको इनिङ सम्हाले। पन्चाल र विलियम बोसिस्टोसबीच ९६ रनको साझेदारी भयो। बोसिस्टो ४८ रनमा अविजित रहे।

मार्क वाट आज ६ रनमै आउट भए भने गुल्सन झाले छिटो २० रन थपे। विराटनगरबाट मर्चेन्ट डी लिंगे र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए।

पाँच खेल खेलेको विराटनगरको यो चौथो जित हो। यसअघि टोलीले पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। चौथो खेलमा चितवनसँग ४८ रनले हारेपछि अपराजित यात्रा रोकिएको थियो।

कर्णालीको भने यो चौथो खेल हो। टीमले लुम्बिनी लायन्सविरुद्ध जित निकाल्दा सुदूरपश्चिम, चितवन र आज फेरि विराटनगरसँग पराजित हुनुपरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : ०५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा