३० भदौ २०८३, मंगलबार | September 15, 2026

अझै २७३ कैदीबन्दी फरार



महोत्तरी । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार छन् ।

जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए । उनका अनुसार अझै पनि भागेका कैदीबन्दी आउने क्रम जारी रहेको छ ।

कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानून बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए ।

जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेको थियो भने बाँकी कैदीबन्दी आफैँ कारागार फर्किएका हुन् । फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : १३ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी