२२ भदौ २०८३, सोमबार | September 7, 2026

अपराजित सुदूरपश्चिम प्लेअफमा सुनिश्चित, जनकपुरको सम्भावना संकटमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अपराजित यात्रा कायम राख्दै साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको छ । शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमै चार विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा इशान पाण्डेले ३५ बलमा आठ चौका र एक छक्कासहित अर्धशतकीय इनिङ खेले । ओपनर विनोद भण्डारीले ४२ रन जोडे । १-२ को अवस्थामा पुगेको सुदूरपश्चिमको पारी इशान र भण्डारीबीचको तेस्रो विकेटका लागि ९२ रनको साझेदारीले सम्हालिएको थियो ।

हर्मित सिंहले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । अर्का ओपनर जन ब्रोन ‘डायमन्ड डक’मा आउट भए भने क्रिस लिन १ रनमै सम्हालिए । बलिङतर्फ जनकपुरका माज सदाकतले २ विकेट लिए। सञ्जय कृष्णमुर्थी र आदित्य महताले १-१ विकेट जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका सञ्जयले ३८ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए। यो उनको पहिलो अर्धशतक हो । जनकपुरबाट दोस्रो संस्करणमा बनेको यो तेस्रो अर्धशतक पनि हो । यसअघि आसिफ शेख र वायन पार्नेलले अर्धशतक प्रहार गरेका थिए ।

७४-४ को अवस्थामा सञ्जयले आदित्य महता (१५ रन) सँग मिलेर ५५ रनको साझेदारी गर्दै टोलीको पारी सम्हाले । त्यसअघि उनले ३५-३ को अवस्थाबाट जान निकोल लोफ्टी-इटनसँग ३९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । इटनले ३३ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन जोडे ।

जनकपुरका ओपनर माज सदाकतले १२ रन बनाए भने वायन पार्नेलले १४ रन जोडे । अर्का ओपनर आसिफ शेख ‘डक’ र शुभ कंसाकार ‘गोल्डेन डक’मा पेभिलियन फर्किए । १७.२ ओभरसम्म १२९-४ मा रहेको जनकपुरले जम्मा दुई रन थप्दा तीन विकेट गुमाएको थियो ।

सुदूरपश्चिमका अभिनाश बोहराले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । स्कट कुग्गेलिनले ३ विकेट लिए र २२ रन मात्रै दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट जोडे ।

यो खेलमा जनकपुरले कप्तानीमा परिवर्तन गरेको थियो । दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तान बनाइए पनि नियमित कप्तान अनिलकुमार साह प्लेइङ-११ मा थिएनन् ।

यस जितसँगै सुदूरपश्चिमले लगातार पाँच खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको छ । जनकपुरको भने अब प्लेअफमा पुग्ने गणितीय सम्भावना मात्र बाँकी छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : १४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा