८ माघ २०८२, बिहिबार | January 22, 2026

लुम्बिनी प्रदेश स्तरीय बुद्धिचालमा एभरेष्ट स्कूल प्रथम



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेष्ट इङ्गलिस बोर्डिङ्ग स्कूल, बुटवल प्रथम भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज लुम्बिनीमा भएको विद्यालय तथा कलेज स्तरीय प्रतियोगितामा एभरेष्ट स्कूलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् ।

प्रतियोगितामा काशी नोबेल एकेडेमि भैरहवाका रिशान थापा मगर द्धितीय र शान्ति नमूना माध्यमिक विद्यालय मणिग्रामका सुशान्त अर्याल तृतीय भएका छन् भने काशी नोबेल एकेडेमिका रोनिश केसी चौथो भएका छन् ।

प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा.माणिकरत्न शाक्यले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले समालोचनात्मक र विश्लेषणात्मक क्षमता वृद्धि हुने भएकाले विद्यार्थीका लागि बुद्धिचाल खेल आवश्यक भएको बताए ।

प्रतियोगिताका विजेताहरुलाई आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक सञ्जय शाक्यले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ३५ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : २१ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको