१४ भदौ २०८३, आइतबार | August 30, 2026

सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन : मन्त्री घिसिङ



मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यस्मा कुनै शङ्का गर्नु नपर्ने बताएका छन् ।

आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्नुभएको बताए । “हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक सङ्कट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,” उनले भने ।

राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो । उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।” उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गर्नुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ५९ बजे

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा