१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन : मन्त्री घिसिङ



मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यस्मा कुनै शङ्का गर्नु नपर्ने बताएका छन् ।

आज बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्नुभएको बताए । “हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक सङ्कट छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,” उनले भने ।

राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो । उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, “सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।” उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गर्नुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा