१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

डेविड मलान र अर्जुन साउदको दमदार अर्धशतक, चितवनद्वारा जनकपुरसामु १७७ रनको चुनौती



काठमाडौं । ओपनर डेविड मलान र अर्जुन साउदको उत्कृष्ट अर्धशतकले प्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंसिर १६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन जोड्यो ।

चितवनका ओपनर मलानले ५४ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ८० रन बनाउँदै इनिङ्सकै आधार तयार गरे । अर्जुन साउदले पनि ३९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५२ रन जोडे । दुबैले पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई मजबुत सुरुआत दिलाए ।

कप्तान कुशल मल्लले १२ बलमा २८ रन थपे । सैफ जैब ७ रन र रवि बोपारा ३ रनमा आउट भए । जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक-एक विकेट लिए ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरका लागि आजको खेल ‘करो वा मरो’ जस्तै रहेको छ । जितेर मात्रै प्लेअफको क्षीण सम्भावना बचाइराख्न चाहन्छ । चितवनले चारमध्ये दुई खेल जितिसकेको छ र आजको जितले प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ३७ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ