६ श्रावण २०८३, बुधबार | July 22, 2026

कुशल मल्लको छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा चितवन राइनोजका ब्याटर कुशल मल्लले प्रहार गरेको छक्काले एक अनौठो-तर दुखद-घटना घटेको छ । जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै गर्दा उनले प्रहार गरेको बलले लागेर एक चियरलिडर घाइते भएकी छन् ।

चितवनले पहिले ब्याटिङ गरेको उक्त खेलमा अन्तिम ओभरमा कुशल मल्ल आक्रामक बनेका थिए । उनले तेस्रो र चौथो दुवै बलमा छक्का प्रहार गरे । चौथो बल खप्पर सिधै दर्शकदीर्घातर्फ उड्दा चियर गरिरहेकी एक युवतीको नाकमा ठोक्किँदै गम्भीर चोट लाग्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याइएको आयोजकले जनाएको छ ।

यो घटना एनपीएलमा बल्लबल्ल दोहोरिएको जोखिमपूर्ण क्षण होइन । यसअघि मंसिर २ गते पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले विराटनगर किङ्सविरुद्ध आक्रामक छक्का प्रहार गर्दा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा रहेको कमेन्ट्री बक्सको सिसा फुटेको थियो । मर्च्यान्ट डे लाङ्गेको बलमा भुर्तेलले लङ-अन क्षेत्रतर्फ प्रहार गरेको बल उडेरी बक्सको झ्यालमै ठोक्किएको थियो ।

लगातार शक्तिशाली प्रहारका कारण मैदानभित्रको सुरक्षासम्बन्धी व्यवस्थामा प्रश्न उठ्न थालेको छ । एनपीएल अधिकारीले भने यस्ता घटनापछि सुरक्षात्मक दूरी र सुरक्षा सतर्कता थप कडा बनाउने तयारी भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ४० बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज