२२ भदौ २०८३, सोमबार | September 7, 2026

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार



काठमाडौं । ओपनर माज सदाकत र अनिलकुमार साहको उत्कृष्ठ अर्धशतकको बलमा साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोजविरुद्ध जनकपुरले ६ विकेटले शानदार जित निकाल्दै प्लेअफको गणितीय सम्भावना जोगाएको हो ।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमै चार विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर माज सदाकतले ३० बलमा ६३ रन बनाए भने अनिलकुमार साहले ६१ रन जोडे । यी दुवैको यो प्रतियोगितामा पहिलो अर्धशतक हो । सदाकत-अनिलले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जिततर्फ उभ्याए ।

अर्का ओपनर आसिफ शेखले १८ रनको योगदान गरे । मध्यक्रमका जान निकोल लोफ्टी इटोनले ११ रन जोडे भने आदित्य महता (१८) र सञ्जय कृष्णमुर्थी (५) अविजित रहे । चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो । ओपनर मलानले ५४ बलमा ८० रनको उत्कृष्ट इनिङ खेले । अर्जुन साउदले पनि ५२ रन बनाउँदै मलानसँग १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गरे । कप्तान कुशल मल्लले १२ बलमा २८ रन थपे ।

जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक-एक विकेट चट्काए ।

यस जितसँगै पाँच खेलपछि दुई अंक जोड्दै जनकपुरले प्लेअफको सम्भावना जोगाएको छ । जनकपुर अहिलेभन्दा अगाडिका चारै खेलमा पराजित भएको थियो । उता चितवनले भने पाँचमध्ये दुई खेलमात्र जित्दै तेस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : २५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा