२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्लेअफ नजिक विराटनगर, ‘डू-ओर-डाइ’ खेलमा लुम्बिनी आज भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औं खेलमा शुक्रबार विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण बनेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित्न सकेमा विराटनगर एक खेल अगाडि नै प्लेअफमा प्रवेश गर्नेछ । कप्तान रोहित पौडेल नेतृत्व गरेको लुम्बिनी भने समान पाँच खेलमा चार अंकसहित छैटौं स्थानमा छ, जसका कारण आजको खेल उनीहरूको लागि ‘जितैपर्ने’ दबाबपूर्ण परिस्थितिमा छ ।

एनपीएलका २१ खेल सकिँदा अंक तालिका झन् रोचक बन्दै गएको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोड्दै प्लेअफ पुग्ने पहिलो टोली बन्न सफल भइसकेको छ । एक खेल मात्र बाँकी रहेको काठमाडौं गोल्डेन्सले पाँच खेलमा दुई पराजय बेहोरेर ८ अंकसहित दोस्रो स्थान ओगटेको छ । विराटनगरले पनि पाँच खेलमध्ये एक खेल मात्र हारेर समान ८ अंक बनाएको छ । रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चार–चार अंकसहित पोखरा एभेन्जर्स चौथो स्थानमा रहेको छ भने चितवन टाइगर्स र लुम्बिनी लायन्स पनि समान अंकमा छन्। कर्णाली याक्स र जनकपुर रोयल्सले दुई-दुई अंक मात्र जोड्न सकेका छन् । छ खेल खेलेको कर्णाली सातौं स्थानमा छ, जबकि दुई खेल बाँकी जनकपुर पुछारमा छ ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै दिन र रात गरी सञ्चालन भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेबाट सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३६ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी