१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्लेअफ नजिक विराटनगर, ‘डू-ओर-डाइ’ खेलमा लुम्बिनी आज भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२औं खेलमा शुक्रबार विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण बनेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित्न सकेमा विराटनगर एक खेल अगाडि नै प्लेअफमा प्रवेश गर्नेछ । कप्तान रोहित पौडेल नेतृत्व गरेको लुम्बिनी भने समान पाँच खेलमा चार अंकसहित छैटौं स्थानमा छ, जसका कारण आजको खेल उनीहरूको लागि ‘जितैपर्ने’ दबाबपूर्ण परिस्थितिमा छ ।

एनपीएलका २१ खेल सकिँदा अंक तालिका झन् रोचक बन्दै गएको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोड्दै प्लेअफ पुग्ने पहिलो टोली बन्न सफल भइसकेको छ । एक खेल मात्र बाँकी रहेको काठमाडौं गोल्डेन्सले पाँच खेलमा दुई पराजय बेहोरेर ८ अंकसहित दोस्रो स्थान ओगटेको छ । विराटनगरले पनि पाँच खेलमध्ये एक खेल मात्र हारेर समान ८ अंक बनाएको छ । रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चार–चार अंकसहित पोखरा एभेन्जर्स चौथो स्थानमा रहेको छ भने चितवन टाइगर्स र लुम्बिनी लायन्स पनि समान अंकमा छन्। कर्णाली याक्स र जनकपुर रोयल्सले दुई-दुई अंक मात्र जोड्न सकेका छन् । छ खेल खेलेको कर्णाली सातौं स्थानमा छ, जबकि दुई खेल बाँकी जनकपुर पुछारमा छ ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै दिन र रात गरी सञ्चालन भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेबाट सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा