२२ असार २०८३, सोमबार | July 6, 2026

आज विश्वासको मत सामना गर्दै मधेस प्रदेशका मुख्यमन्त्री यादव, सत्ता टिकाउने चुनौती गम्भीर



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो २ बजेका लागि निर्धारित मतदान प्रक्रियामार्फत उनले आफ्नो सरकार कायम रहने-नरहने निर्णायक क्षणको सामना गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि यादवले प्राप्त परमादेशको पत्र ढिला-मंगलबारे ३ बजे-मात्र पाएको कारण देखाउँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । अदालतले सोमबार नै विश्वासको मत लिनू पर्ने आदेश जारी गरेको थियो ।

यादव नेकपा (एमाले) संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य दलहरूले बहुमतका आधारमा सरकार बनाउन दाबी गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । सो नियुक्ति विवादित बनेपछि संघीय सरकारको सिफारिसमा भण्डारीलाई पदमुक्त गरिएको हो ।

मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सदस्यले सर्वोच्चमा रिट दायर गरेका छन् । सर्वोच्चले यसअघि दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेशसमेत दिएको थियो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन् । विपक्षी दलका ७४ सदस्य नै यादवविरुद्ध रिटकर्ता भएकाले उनको सरकारले सदनबाट विश्वासको मत नपाउने जोखिम अत्यधिक रहेको देखिन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : ३८ बजे

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित