बुटवल । बुटवल उपमहानगरपालिका-११ नहरपुरमा आज विहान एक महिलाले आफ्नै श्रीमानमाथि चक्कु प्रहार गरेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार करिब बिहान ४ बजे आपसी विवाद बढेपछि ३० वर्षीय सुरज गुरुङमाथि चक्कु प्रहार भएको हो ।
श्रीमानमाथि प्रहार गर्ने ३८ वर्षीया पवित्रा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । चक्कु प्रहारबाट घाइते भएका सुरजको टाउको र घाँटीमा चोट लागेका छन् । प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालले उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी इन्द्र रानाले जानकारी दिए ।
चिकित्सकका अनुसार सुरजको अवस्था अहिले खतरामुक्त रहेको छ । श्रीमतीले घरायसी कुरामा विवाद हुँदा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी रानाले बताए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।


















प्रतिक्रिया