१५ माघ २०८२, बिहिबार | January 29, 2026

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा



काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा बुधबार बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ मात्र सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने थाहा भएपछि मुख्यमन्त्री यादव आफै अनुपस्थित भएका थिए । मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक बैठक दिउँसो २ बजेलाई सारिएको थियो ।

दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : ०९ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको