१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनीलाई विराटनगरको दियो १४५ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रन जोडे ।

विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए भने साम हेजलेटले २७ रन जोड्दै इनिङ सम्हाल्न मद्दत गरे । यी दुईले १५-२ को अवस्थामा तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । बसिर अहमेदले २८ रनको योगदान दिए भने मर्चेन्ट डी लांगे १० रनमा अविजित रहे ।

पहिलो पटक विराटनगरबाट मैदान उत्रिएका दक्षिण अफ्रिकी स्टार फाफ डू प्लेसिसले भने १२ रनमात्र बनाए । लुम्बिनीका अभिषेश गौतमले तेस्रो ओभरमा उनलाई विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प गरिएका थिए ।

प्रतिश जिसीले ११ रन जोडे भने ओपनर जर्ज मुन्से पहिलो बलमै ‘डक’ भएर फर्किए । नारायण जोशीले पाँच रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने एक बलमै छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले जर्ज मुन्से, नारायण जोशी र साम हेजलेटलाई पभेलियन फर्काए । योसँगै उनी सुदूरपश्चिमका अभिनाश बोहरासँगै ११-११ विकेटसहित एनपीएलको सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । रुबेन ट्रम्पेलमन, अभिषेश गौतम र जेजे स्मिथले एक-एक विकेट लिए ।

आजको खेल विराटनगरका लागि पाँचौँ जित हासिल गर्ने मौका हो । यसअघि विराटनगरले पोखरा, काठमाण्डू, जनकपुर र कर्णाली विरुद्ध जित निकालेको छ । चितवनसँग भने पराजित भएको थियो ।

यता, लुम्बिनी प्लेअफ सम्भावना जीवित राख्न जितको दबाबमा छ । पहिलो खेलमा चितवनलाई हराए पनि त्यसपछि लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले पाँचौँ खेलमा पोखरालाई पराजित गर्दै पुनः लय समातेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा