१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफ दौडमा कायम



काठमाडौं । विराटनगर किंग्सविरुद्ध पाँच विकेटको प्रभावशाली जित हासिल गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आफ्नो प्लेअफ सम्भावना जोगाइ राखेको छ । यस जितसँगै लुम्बिनीले प्रतियोगितामा तेस्रो विजय दर्ता गरेको हो ।

लुम्बिनीले सुरुआतमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरे पनि त्यसपछिका तीन खेलमा लगातार हार व्यहोरेको थियो। दोस्रो खेलमा कर्णालीसँग ९ विकेटले, तेस्रो खेलमा काठमाण्डूसँग २२ रनले र चौथो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले पराजय बेहोर्दै लुम्बिनी दबाबमा परेको थियो। तर पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको जित निकाल्दै टोली पुनः लयमा फर्किएको थियो।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न महत्वपूर्ण भिडन्तमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा सहजै पूरा गर्‍यो। यस जितपछि लुम्बिनीले प्लेअफमा पुग्ने आशालाई जीवित राख्न सफल भएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा