काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक दलको अन्तिम सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता भएका दलको संख्या १४३ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर दल दर्ताको संख्या १४३ पुगेको हो । दर्ता भएका १४३ दल मध्य २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।
एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । नेकपा बन्दा ५ दल खारेज भएर थप एक दल दर्ता हुन पुगेको छ ।
यस्तो छ दलका चुनाव चिन्ह :


















प्रतिक्रिया