१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा आज दुई रोमाञ्चक खेल : पोखरा-काठमाडौं र सुदूरपश्चिम-चितवन आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन् । पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।

पोखराको नेतृत्व कुशल भुर्तेलले गरिरहेका छन् भने काठमाडौंका कप्तान करण केसी हुन् । पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नु अत्यावश्यक बनेको छ । काठमाडौं भने छ खेलबाट आठ अंकसहित मजबुत स्थितिमा रहेको छ ।

दोस्रो खेलमा प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्स र प्लेअफ दौडमै रहेको चितवन राइनोज भिड्नेछन् । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १० अंकसहित शीर्ष स्थानमा छ । उता पाँच खेलबाट चार अंक भएका चितवनका लागि भने जित्नैपर्ने बाध्यता रहेको छ ।

मंसिर १ देखि सुरु भएको एनपीएल दोस्रो सिजन २७ गतेसम्म निरन्तर भइरहेको छ । क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ७ : ३४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा