काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दुवै टिमका लागि प्लेअफ निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेिइएको छ ।
रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा छ । आरिफ शेख मार्की खेलाडी रहेका जनकपुर बोल्ट्स भने मात्र पाँच खेल खेलेर २ अंकसहित पुछारमा रहेको छ । दुवै टिम प्लेअफको दौडमा जीवित रहे पनि आजको नतिजाले अन्तिम समीकरणलाई स्पष्ट पार्नेछ ।
लुम्बिनीले आजको खेल जित्न सके प्लेअफमा प्रवेश गर्ने चौथो टिम बन्नेछ । जनकपुर विजयी भएमा भने प्लेअफको समीकरण अन्य टिमको नतिजा र रनरेटमा निर्भर रहनेछ ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्स प्लेअफमा प्रवेश गरिसकेका छन् ।
एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुँदै आएका छन् । प्रत्येक खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ ।


















प्रतिक्रिया