६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न दुवै टिममाथि जित्नै पर्ने दबाब



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दुवै टिमका लागि प्लेअफ निर्धारण गर्ने निर्णायक अवसरका रूपमा हेिइएको छ ।

रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा छ । आरिफ शेख मार्की खेलाडी रहेका जनकपुर बोल्ट्स भने मात्र पाँच खेल खेलेर २ अंकसहित पुछारमा रहेको छ । दुवै टिम प्लेअफको दौडमा जीवित रहे पनि आजको नतिजाले अन्तिम समीकरणलाई स्पष्ट पार्नेछ ।

लुम्बिनीले आजको खेल जित्न सके प्लेअफमा प्रवेश गर्ने चौथो टिम बन्नेछ । जनकपुर विजयी भएमा भने प्लेअफको समीकरण अन्य टिमको नतिजा र रनरेटमा निर्भर रहनेछ ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्स प्लेअफमा प्रवेश गरिसकेका छन् ।

एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुँदै आएका छन् । प्रत्येक खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज