२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै



काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुने छन् ।

पहिलो खेल बिहान ११:१५ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा अपराजित यात्रा कायम राखेको सुदूरपश्चिमसँग सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर भिड्दै छ ।

पहिलो क्वालिफायरमा स्थानका लागि विराटनगरलाई आजको खेल अत्यन्त महत्वपूर्ण छ । आठ अंकसहित प्लेअफमा प्रवेश गरिसकेको विराटनगरले राम्रो रनरेटसहित जित निकालेमा सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ, अन्यथा लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नु पर्नेछ ।

सुदूरपश्चिम भने छ खेलबाट १२ अंक जोडेर शीर्ष स्थान सुरक्षित गरिसकेको छ र उसमा कुनै दबाब छैन ।

दोस्रो खेल दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । कप्तान कुशल मल्लको नेतृत्वमा रहेको चितवन र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराको यो खेल ‘प्रतिष्ठाको लडाइँ’ मात्र हुनेछ, किनकि दुवै टिम प्लेअफबाट बाहिरिसकेका छन् । दुवैको छ खेलबाट चार-चार अंक मात्र रहेको छ ।

एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेको छन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलका लागि ९,४५० टिकट बिक्री गरिरहेको छ । मंसिर १ बाट सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ७ : ५० बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी