२९ भदौ २०८३, सोमबार | September 15, 2026

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली



काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण आगलागीमा परी मृतकमध्ये चार जना नेपाली रहेको पुष्टि भएको छ। सो दुर्घटनामा जम्मा २५ जनाको ज्यान गएको थियो।

गोवा सरकारले सार्वजनिक गरेको सूची अनुसार मृत्यु भएका २० जना क्लबका कर्मचारी हुन्, जसमा नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन ९थर नखुलेको० र सुदीप ९थर नखुलेको० छन्। उनका पूरा ठेगाना भने खुलेको छैन। गोवा सरकारले नेपाली नागरिकका शव नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

‘बिर्च एन्ड रोमियो’ नाइट क्लबमा करिब १०० जना मनोरञ्जनमा मस्त रहेका बेला अचानक आगलागी सुरु भएको थियो। प्रारम्भिक जानकारीअनुसार इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको र साँघुरा बाटोका कारण दमकल समयमा पुग्न नसक्दा आगो नियन्त्रण बाहिर गएर ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : १३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ