२४ मंसिर २०८२, बुधबार | December 10, 2025

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन एकछत्रता रोक्न ‘एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने’ प्रावधान कानुनमै समावेश गर्नुपर्ने बताएका छन्।

उपाध्यक्ष ईश्वर पोखरेल समूहले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । पार्टीको ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक नेतृत्व सम्हाल्ने प्रयत्न भइरहेको सन्दर्भमा उनले ओली लक्षित टिप्पणी गरेका हुन्।

उनका अनुसार ‘जबज’मा भनिएअनुसार दुई कार्यकाल र ७० वर्ष उमेर सीमा लागू हुन नसक्नु नेतृत्वमा व्यक्तिवाद हावी भएको संकेत हो। “स्वयं अध्यक्ष ओलीले जबजको कुरा गर्नुहुन्छ, तर जबजले भनेका सीमा स्वयं कार्यान्वयन हुन सकिरहेका छैनन्,” उनले भने।

पाण्डेले अध्यक्ष ओलीको नेतृत्वमा एमालेलाई लोकतान्त्रिक विधिबाट हटाएर व्यक्तिवादी बनाइएको आरोप लगाए। उनले भने, “लोकतान्त्रिक विधि बोकेको एमालेलाई व्यक्तिवादी बनाइयो। नयाँ पुस्ताले पनि महाधिवेशनमा ‘लिस्ट बाँड्ने पार्टीमा किन जानेरु’ भन्ने प्रश्न उठाएको छ।”

माथिबाट व्यक्ति छान्ने प्रवृत्ति ‘जबज’ विपरीत भएको बताउँदै पाण्डेले पार्टी जनतामाझ कमजोर हुँदै गएको चेतावनी दिए। “पार्टी व्यक्तिवादी ढंगले चल्न थालेपछि जनताको बीचमा साँघुरिने, खुम्चिने र आइसोलेशनमा जाने अवस्था देखिन थालेको छ,” उनले भने।

पाण्डेले पार्टीभित्र लोकतान्त्रिक संस्कृति पुनःस्थापना र नेतृत्वमा समयसीमा सुनिश्चित गर्न कानुनी व्यवस्था अपरिहार्य रहेको निष्कर्ष समेत प्रस्तुत गरे।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ४१ बजे

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न