१३ बैशाख २०८३, आइतबार | April 26, 2026

एमाले महाधिवेशनको तयारी तीव्र



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।

महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको नेकपा एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताए ।

भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरु निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिँदै उनले उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको बताए ।

उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने छन् । युवा सङ्घले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा परिचालन गर्ने भएको छ ।

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरुको सवारीसाधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गर्ने र र्यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउने सवारीसाधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागगरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरेर र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

महाधिवेशनमा करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ । पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिको छनोट प्रक्रिया शीर्षस्थ नेताहरुको टोलीले गरिरहेको उनले जानकारी दिए। यस पटकको महाधिवेशनमा एमालेले कुल प्रतिनिधि सङ्ख्यामा एक चौथाइ जेनजी युवाहरुलाई प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतले जानकारी दिए ।

यही मङ्सिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ३५ बजे

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ

साहारा नभएका सुकुमवासीलाई होटलमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौँ । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगन्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण